Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज नाग पञ्चमीः घरघरको मूल ढोकामा नागको तस्वीर टाँसेर पूजा गरिंदै

आज नाग पञ्चमीः घरघरको मूल ढोकामा नागको तस्वीर टाँसेर पूजा गरिंदै

images

इच्छाकामना न्युज

२९, श्रावण २०७८
आज नाग पञ्चमीः घरघरको मूल ढोकामा नागको तस्वीर टाँसेर पूजा गरिंदै
images

काठमाण्डौ, २९ साउन । आज श्रावण शुक्ल पञ्चमी । आजको दिनलाई नाग पञ्चमी पनि भनिन्छ । आज परम्पराअनुसार घरको मूल ढोकामा नागको तस्वीर टाासेर नागको पूजा अर्चना गर्ने प्रचलन छ ।

नागको तस्वीर टाँसेर पुजा गर्दा वर्षभरी घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा चलेको हो ।

आज काठमाडौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा नागको पूजाआजा गरिन्छ । तर यसबर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सकेसम्म सवै धार्मिक अनुष्ठान र पुजा पाठ घरमै गर्न सरकारले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - ०८:३७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology