Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१ करोड ८ लाख ६० हजार मात्रा खोप नेपाल आउने सुनिश्चित 

१ करोड ८ लाख ६० हजार मात्रा खोप नेपाल आउने सुनिश्चित 

इच्छाकामना न्युज

२८, श्रावण २०७८
१ करोड ८ लाख ६० हजार मात्रा खोप नेपाल आउने सुनिश्चित 
images

काठमाण्डौ, २७ साउन । आगामी असोज मसान्तसम्म १ करोड ८ लाख ६० हजार मात्रा खोप नेपाल आउने सुनिश्चित भएको छ । पूर्ववर्ती सरकारले ९७ लाख खोपको व्यवस्थापन गरेको र नयाँ सरकार आएपछि हिजोसम्ममा ७५ लाख खोप नागरिकलाई लगाइएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

images
images

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले गरिब जनताको स्वास्थ्यमा पहुँच बढाउन पर्याप्त दरबन्दी विस्तारको खाँचो रहेको उल्लेख गर्नुभयो । उमेर समूह र आर्थिक गतिविधि बढी हुने ठाउँमा खोपको उचित व्यवस्थापन गरिने उहाँले जानकारी गराउनुभयो ।

आउँदो दिनमा निजी क्षेत्रको साझेदारीबाट अघि बढ्ने कार्यक्रम सरकारले ल्याउने जानकारी दिँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गत एक हप्ताको आँकडा हेर्दा सङ्क्रमण दर बढेकाले थप सतर्कताको आवश्यकता रहेको बताउनुभयो ।

अहिले २५ प्रतिशतको दरले संक्रमण दर बढिरहेको पनि उहाँले जानकारी दिनुभयो । कोभिड १९ बाट ७ लाखभन्दा बढी सङ्क्रमित भइसकेको र १० हजार १ सय ८० जनाले ज्यान गुमाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म कुल जनसङ्ख्याको १३ प्रतिशतको कोरोना परीक्षण भइसकेको राज्य मन्त्री श्रेष्ठले बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १८:५९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology