Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यूईएफए सुपर कपको उपाधि चेल्सीलाई 

यूईएफए सुपर कपको उपाधि चेल्सीलाई 

images

एजेन्सी

२८, श्रावण २०७८
यूईएफए सुपर कपको उपाधि चेल्सीलाई 
images

यूईएफए सुपर कपको उपाधि चेल्सीले जितेको छ । गयराति भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

खेलमा अग्रता चेल्सीले २७औं मिनेटमा हाकिमजियाचको गोलबाट लिएको थियो । ७३ औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरकाकिपा अरिजाब्लागाले कप्तान राउलअल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो ।

चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने भिल्ला रियल युरोपा लिग विजेता हो । युईएफले हरेक वर्ष सिजन सुरु हुनु अघि युरोपेली क्लब फुटबलका दुई ठुला प्रतियोगिताका विजेतालाई मैदान उतार्ने गर्छ ।

नयाँ सिजन सुरु हुनु अघि दुवै टिम सुपर कपका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिता पहिलो पटक नर्दन आयरल्याण्डमा १३ हजार दर्शक समक्ष भएको हो ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - ०९:२७:३३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology