Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काठमाडौंमा आज रातीदेखि सवारीसाधन सञ्चालमा रोक 

काठमाडौंमा आज रातीदेखि सवारीसाधन सञ्चालमा रोक 

images

इच्छाकामना न्युज

२८, श्रावण २०७८
काठमाडौंमा आज रातीदेखि सवारीसाधन सञ्चालमा रोक 
images

काठमाण्डौ, २८ साउन । कोरोना भाइरसको जोखिम बढेको भन्दै काठमाडौंमा आज रातीदेखि सवारीसाधन सञ्चालमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार आजदेखि रातीको समयमा सवारी साधन चलाउन नपाइने भएको छ ।

कार्यालयले मंगलबार जारी गरेको आदेशमा निशेधाज्ञा भदौ ८ गतेसम्म थपेर आजदेखि रातीको समयमा निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउने उल्लेख छ ।

अत्यावश्यक बाहेक अन्य सवारीहरु बेलुकी ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने भनिएको छ । तर सोही आदेशमा सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्ने भनिएको छ ।

यस्तै सात बजे अगाडि नै व्यपार व्यवसाय बन्द गरिसक्नुपर्ने लगायतका अन्य मापदण्डहरु यथावत राखिएका छन् । पछिल्लो समय काठमाडौंमा दैनिक १ हजारदेखि २ हजारका दरले कोरोना सङ्क्रमित थपिन थालेका छन् । 

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - ०९:२०:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology