Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

१६ हजार खोप केन्द्र विस्तार गर्ने सरकारको तयारी 

१६ हजार खोप केन्द्र विस्तार गर्ने सरकारको तयारी 

images

इच्छाकामना न्युज

२८, श्रावण २०७८
१६ हजार खोप केन्द्र विस्तार गर्ने सरकारको तयारी 
images

काठमाण्डौ, २८ साउन । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने केन्द्र विस्तार गरी १६ हजार पु¥याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटर मार्फत खोप केन्द्र १६ हजार पु¥याउने सरकारको योजना रहेको बताउनुभएको हो ।

खोप केन्द्र अव्यवस्थित बनेको भन्दै जनगुनासो बढेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सोमबार काठमाडौंस्थित शिक्षण अस्पताल, चपलीहाइट लगायतका खोप केन्द्रको अनुगमन गर्नुभएको हो ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोपको आपूर्ति बढाएर आगामी चैत मसान्तभत्रि सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता दोहो¥याउनुभएको छ । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले ४ हजार ४ सय २२ खोप केन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने योजना रहेको ट्वीटमा उल्लेख गर्नुभएको छ ।

सरकारले खोप वितरणमा ध्यान नदिएको भन्दै चिकित्सक र जनस्वास्थ्य विदहरुले सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - ०९:१६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology