Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शिक्षक अभाव पूर्ती गर्न स्वंयमसेवक शिक्षक नियुक्त गर्ने गोरखा शहिद लखन गाउँपालिकाको तयारी

शिक्षक अभाव पूर्ती गर्न स्वंयमसेवक शिक्षक नियुक्त गर्ने गोरखा शहिद लखन गाउँपालिकाको तयारी

images

इच्छाकामना न्युज

२८, श्रावण २०७८
शिक्षक अभाव पूर्ती गर्न स्वंयमसेवक शिक्षक नियुक्त गर्ने गोरखा शहिद लखन गाउँपालिकाको तयारी
images

घैरुङ, २८ साउन । गाउँपालिका भित्रका विद्यालयहरुमा भएको शिक्षक अभाव पूर्ती गर्न गोरखाको शहिद लखन गाउँपालिकाले स्वंयम सेवक शिक्षक नियुक्ती गर्ने तयारी गरेको छ। दरवन्दी मिलानको क्रममा विद्यालयमा हाल कार्यरत शिक्षककहरु संख्या घट्दै गएपछि शिक्षक अभाव पूर्ती गर्नको लागि गाउँपालिकाले स्वंयम सेवक शिक्षक नियुक्ती गर्ने तयारी गरेको हो।

गाउँपालिका भित्रका विद्यालयहरुमा शिक्षक अभाव हुन थालेपछि त्यसलाई पूर्ति गर्नका लागि गाँपालिकाको साउन २० गते सम्पन्न कार्यपालिकाको बैठकले बैठकले शिक्षक व्यवस्थापन कार्यविधि २०७८ पारित गरेर स्वंयम शिक्षक नियुक्त गर्ने बाटो खुलाएको थियो।

सोहि बमोजिम गाउँपालिकाले बुधबार एक सूचना निकालेको छ। पहिलो चरणमा २० जना स्वंयमसेवक शिक्षक नियुक्त गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन बहादुर आले मगरले बताए। उनका अनुसार निवनियुक्त स्वंयम सेवक शिक्षकले गाउँपालिकाले तोकेका विद्यालहरुमा गएर शिक्षण गर्नुपर्ने हुन्छ।

यस्तै स्वंयमसेवक शिक्षकहरुलाई निर्वाहका लागि न्युनतम रकम भने उपलब्ध गराईने प्रमुख प्रशासकीय अधिकृत मगरले बताए। 

गाउँपालिकामा १ सय ९१ शिक्षक दरबन्दी भएकोमा समायोजनको क्रममा हाल २ सय ६४ मात्र शिक्षक रहेका छन्। जसमध्ये पनि अझै २७ जना शिक्षकहरु घट्ने क्रममा रहेको गाउँपालिका शिक्षा शाखाका प्रमुख राजेन्द्र खनालले बताए। जसका कारण गाउँपालिकाका सामुदायिक विद्यालयहरुको पठनपाठनमा समस्या उत्पन्न हुने उनले बताए। 

गाउँपालिकामा हाल ४६ वटा सामुदायीक र २ वटा संस्थागत विद्यालयहरु छन्।

235909716_3941790919281843_671029894851660649_n.jpg

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - ०८:५२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology