Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कुलमान घिसिङद्वारा पदभार ग्रहण, दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको भनाई

कुलमान घिसिङद्वारा पदभार ग्रहण, दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको भनाई

images

इच्छाकामना न्युज

२७, श्रावण २०७८
कुलमान घिसिङद्वारा पदभार ग्रहण, दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको भनाई
images

काठमाण्डौ, २७ साउन । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गर्नुभएको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो ।  घिसिङलाई चार वर्षका लागि नियुक्त गरिएको छ ।

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेश सहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने र शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको थियो ।

गत भदौमा कार्यकाल सकिएपछि नागरिकस्तर बाट घिसिङको पुनः नियुक्तिका लागि आग्रह गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले घिसिङलाइ अवकाश दिएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ऊर्जा क्षेत्रमा चमत्कारिक परिवर्तन गर्ने लक्ष्यका साथ घिसिङलाई जिम्मेवारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।

नवनियुक्त कार्यकारी निर्देशक घिसिङले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई धन्यवाद दिनुभएको छ ।  कार्यकारी निर्देशक  घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताउनुभयो  ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - १८:५०:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology