Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विद्युत् प्राधिकरणमा नियुक्त कुलमान घिसिङले आजदेखि कार्यभार सम्हाल्दै

विद्युत् प्राधिकरणमा नियुक्त कुलमान घिसिङले आजदेखि कार्यभार सम्हाल्दै

images

इच्छाकामना न्युज

२७, श्रावण २०७८
विद्युत् प्राधिकरणमा नियुक्त कुलमान घिसिङले आजदेखि कार्यभार सम्हाल्दै
images

काठमाडौं, २७ साउन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्दै छन ।

यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो।

‘आज म पदबहाली गर्दैछु,’ आज बिहान नागरिक खबरसंग संक्षिप्त कुरा गर्दै घिसिङले भने, ‘११ महिनापछि म विद्युत् प्राधिकरणमा पुनः फर्किंदै छु।’

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा पेस गरेको प्रस्तावअनुसार सरकारले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्त गरेको हो ।

मन्त्री भुसालकै प्रस्तावअनुसार यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ। शाक्यलाई प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिनेगरी आयोगमा पठाउने प्रस्ताव गरिएको हो।

शाक्यले प्राधिकरणबाट हिजै बिदा लिइसकेका छन्।

यसअघिको कार्यकालमा घिसिङले नै लोडसेडिङ समस्या सधैंका लागि अन्त्य गरी घाटामा रहेको प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा पुर्याएका थिए । यही कारण घिसिङको पुनःनियुक्तिपछि आम जनता खुसी भएका छन्। कतिपय स्थानमा खुसियालीमा दीपावलीसमेत गरिएको खबर आएको छ ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - ०९:५९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology