Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट पोखरामा सुरु हुँदै 

राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट पोखरामा सुरु हुँदै 

images

इच्छाकामना न्युज

२७, श्रावण २०७८
राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट पोखरामा सुरु हुँदै 
images

पोखरा, २७ साउन । राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट पोखरामा सुरु हुँदैछ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट पोखरा रंगशालामा टिमको प्रशिक्षण सुरु हुने जनाएको छ । १० दिनको विश्रामपछि नेपाली टिमले पोखरामा प्रशिक्षण सुरु गर्न लागेको हो ।

प्रशिक्षणका लागि नेपाली टोलि पोखरा आईसकेका छन् । साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ  । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

बन्द प्रशिक्षणमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, शिशिर लेखी, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी,  नवयुग श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल, जर्ज प्रिन्स कार्की, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, बिक्रम लामा रहेका छन् ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - ०९:२९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology