Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि आज टुंगो लाग्ने 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि आज टुंगो लाग्ने 

इच्छाकामना न्युज

२७, श्रावण २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि आज टुंगो लाग्ने 
images

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजका लागि बोलाइएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे विशेष अधिवेशन बोलाइएको हो ।

images
images

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले साउन १९ गते मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको दर्ता गरेको थियो । अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि हिजो सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि अविश्वास प्रस्तावमाथि छलफल नरोकिने निश्चित भएको हो ।

विशेष अधिवेशनको सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।अविश्वासको प्रस्ताव टेबुल भएपछि आजै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । लुम्बिनीमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् ।

बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा हाल ८० प्रदेशसभा सदस्य कायम छ । विपक्षी दल नेपाली काँग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । यसैबीच लुम्बिनी प्रदेशमा सत्तारुढ दल नेकपा एमालेले अब के गर्ने भन्नेबारेमा निर्णय गर्न संसदीय दलको बैठक अहिले बसिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - ०९:२१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology