आँबुखैरेनी, २६ साउन । तनहुँको आँबुखैरेनीमा रहेको लायन्स क्लव अफ आँबुखैरेनी अकलाले आँबुखैरेनी स्वास्थ्य चौकीलाई १ थान माइक्रोफोन र स्पीकर सेट प्रदान गरेको छ। क्लवले आज एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य चौकीलाई उक्त सामाग्री प्रदान गरेको हो।

स्वास्थ्य चौकीमा कार्यरत सिअनमी मिना श्रेष्ठको विशेष पहलमा क्लवले उक्त सामाग्री हस्तान्तरण गरेको क्लवका अध्यक्ष बिमला श्रेष्ठले जानकारी दिए। स्थापनाको छोटो समयमा नै थुप्रै सामाजिक कामहरु गरिरहेको क्लवले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको उनले बताए।

क्लवले उक्त सामाग्री गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, र क्लवका संस्थापक अध्यक्ष तथा जोन चेयरपर्सन तुलसी पौडेल खनाल, अध्यक्ष बिमला देवकोटा, कोषाध्यक्ष सबिता थापा मगर, संस्थापक कोषाध्यक्ष शुभलक्ष्मी श्रेष्ठ लगायतको उपस्थितीमा हस्तान्तरण गरेको हो।