आइतवार मलेसियामा एक नेपालीले आत्महत्या गरेको छन । गोर्खा बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ केवराका घर भई मलेसियामा कार्यरत ३२ वर्षका अमर गुरुले आफनै कोठामा आत्महत्या गरेको हुन ।
करीव दश वर्ष अगाडि देखि मलेसियाको एक रेष्टुरेण्टमा काम गदै आईरहेको गुरुङ एक वर्ष अगाडि देखि मात्रै अवैैधानिक भएको थिए । मलेसियामा दश वर्ष पुगेपछि लगातार भिषा रिन्यु नहुने अवस्था भएको कारण उनी अवैधानिक बन्न पुगेको थिए ।
घर फर्कनको लागि वारम्वार प्रयास गरिएको भएपनि कम्पनि मालिकले पैसा नदिएको कारण उनी घर फर्कन नसकेको मलेसियामै रहेको आफन्त सन्दिप गुरुङले बताए । पटक पटकको प्रयास पछि नेपाली दुतावासको पहलमा केहि रकम पाएकको भएपनि कम्पनीले अमरको पैसा अझै दिन बाकि रहेको छ, यदि कम्पनीले पैसा दिएको भए उहाँ पहिल्यै घर गई सक्नुहुन्थ्यो आज यो अवस्था आउने थिएन सन्दिपले हामि सँग टेलिफोनमा भने ।
मलेसियामा उनले काम गर्ने रेष्टुरेण्ट बन्द भएपछि समयमा अमरले चौगेटमा सेक्युरिटि काम गर्न थालेको थिए । सेक्युरिटि गरेको अवस्थामा पनि उनि पहिलेकै कम्पनीको होस्टेलमा बस्दै आएको थिए । पछिल्लो एक हप्ता अगाडिदेखि अमरमा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि साथीहरुसँग सल्लाह गरेर अमरले चौकेटमै कोठा लिएर एकान्तमा वसेको थिए । दैनिकजसो कुरा हुने सन्दिप सँग हिजो राती देखि फोन नभएपछि आईतवार विहान कोठामा गएर हेर्दा मृत अवस्थामा फेला परेको सन्दिपले वताए ।
सानो डोरीले घाटिमा पासो लगाएर आत्महत्या गरेको जस्तो देखिएको भएपनी शरीरभने भुईमा बसेको जस्तो देखिएको सन्दिपले वताए । हाल शवलाई पोसमार्टमको लागि क्वालालम्पुर अस्पतालमा लगिएको छ । अमरको परिवारमा वुवा आमा, श्रीमती एक छोरी रहेको छन ।