आँबुखैरेनी, २६ साउन । तनहुँको आँबुखैरेनीमा रहेको अलस्टार फुटबल क्लब आँबुखैरेनीले मुख्य र सहायक प्रशिक्षक नियुक्त गरेको छ । मुख्य प्रशिक्षकमा विकास श्रेष्ठ र सहायक प्रशिक्षकमा आशा बहादुर गुरुङलाई नियुक्त गरिएको क्लबले जनाएको छ ।
आँबुखैरेनीबाट स्थानीय खेलाडी उत्पादन गर्न र फुटबलमय आँबुखैरेनी होस भन्ने हेतुले मुख्य प्रशिक्षक श्रेष्ठ र सहायक प्रशिक्षक गुरुङलाई पहिलो पटक २ महिनाको लागि मासिक तलब सहित नियुक्त गरिएको क्लबका उपाध्यक्ष सुशील पाण्डेले जानकारी दिए ।
क्लबमा महिला खेलाडी सहित २६ जना खेलाडीले तालिम लिइरहेका छन ।