न्यूजिल्याण्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि टिमको घोषणा गरेको छ । न्यूजिल्याण्डले क्रिकेटले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा रोस टेलर, कोलिन डी ग्राण्डहोम र फिन एलेन परेका छैनन् ।
मार्क चाम्पमान र टोड अस्टेल विश्वकप खेल्ने टिममा रहेका छन् । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । न्युजिल्याण्ड समूह–२ मा रहेको छ । यस समूहमा भारत, पाकिस्तान रहेका छन् ।