Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अफगानिस्तानमा तालिबान र सेनाबीच जारी लडाइँमा ३ दिनमा २७ बालबालिका मारिए 

अफगानिस्तानमा तालिबान र सेनाबीच जारी लडाइँमा ३ दिनमा २७ बालबालिका मारिए 

images

एजेन्सी

२६, श्रावण २०७८
अफगानिस्तानमा तालिबान र सेनाबीच जारी लडाइँमा ३ दिनमा २७ बालबालिका मारिए 
images

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेका बेला तीन दिनमा सत्ताइस जना बालबालिका मारिएको जनाएको छ । राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धि भएकोमा चिन्ता व्यक्त गरेको छ ।

दुई पक्षको लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएको पनि युनिसेफले जनाएको छ । विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ।गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ ।

अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ । हिजो युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको उल्लेख छ ।

कान्दाहार, खोस्त र पाक्तिया प्रान्तमा मात्र २७ बालबालिका मारिएको विवरण यनिसेफले जनाएको छ । विगत तीन दिनमा ती क्षेत्रहरूमा १ सय ३६ भन्दा बढी बालबालिकाहरू घाइते भएको युनिसेफले जनाएको छ । 

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०९:११:१३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology