Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्लास्टिक मुक्त अभियान फेरि सुरु, कार्यान्वयनमा भने चुनौती 

प्लास्टिक मुक्त अभियान फेरि सुरु, कार्यान्वयनमा भने चुनौती 

images

सिआईएन

२६, श्रावण २०७८
प्लास्टिक मुक्त अभियान फेरि सुरु, कार्यान्वयनमा भने चुनौती 
images

उषा तामाङ, काठमाडौँ, २६ साउन । सरकारले प्लास्टिक मुक्त अभियान पुनः यही साउन १ गतेबाट सुरु गरे पनि कार्यान्वयन प्रभावकारी देखिएको छैन ।

चालु आर्थिक वर्षको बजेटमा व्यापारिक प्रतिष्ठानमा सुती, जुट वा कागजका झोला प्रयोग गर्न भनिएको छ भने ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला वा सिट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पार्टपुर्जा प्रतिस्थापन गर्न चाहेमा थप लगानी बराबरको रकम पुँजीगत अनुदान दिने व्यवस्था गरिएको छ ।

वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीले यस वर्ष प्लास्टिक मुक्त बनाउने अभियान पूर्ण रुपमा कार्यान्वयन हुने सीआईएनसँग बताउनुभयो । प्लाष्टिकमुक्त अभियान लागु भएको एक महिना पुग्न लागे पनि प्लाष्टिक प्रयोग भने कम भएको छैन ।

झापा मेचिनगर नगरपालिका ६ का अनिता घिमिरेले ग्राहकले सामान बोक्ने झोला लिएर नआउँदा प्लाष्टिक दिनै पर्ने बाध्यता रहेको बताउनुभयो । मानव स्वास्थ्य, वातावरण र सहरी सौन्दर्यमा पर्ने नकारात्मक प्रभावलाई अन्त्य गर्न प्रतिबन्धको नीति लिइएको सरकारको भनाइ छ ।

अटेरगरी प्लास्टिक झोला प्रयोग गरेको पाइए ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने अधिकार स्थानीय प्रशासनलाई छ । सरकारले २०७२ बैशाख १ बाट २० इन्च चौडाइ, ३५ इन्च लम्बाइ र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला आयात, भण्डारण, बिक्री वितरण, प्रयोगमा रोक लगाएको थियो । सुरुका दिनमा प्लाष्टिकमुक्त अभियान चलाए पनि १२ दिनपछिको भूकम्पले प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । 

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०९:०९:४९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology