तनहुँ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँका अध्यक्ष एवं तनहुँ क्षेत्र नं २ का माननीय सासंद केदार सिग्देलले अदालतको फैसलाले निर्दलियतालाई प्रशय दिएको वताउनुभयो । दलिय क्षेत्राधिकार भित्र गएर सर्वोच्च अदालतले व्यक्ति नै किटेर प्रधानमन्त्री तोक्दा देशमा लोकतन्त्र नै खतरामा परेको वताउनुभयो ।
जनताको अभिमत विरुद्ध परामादेश मार्फत प्रधानमन्त्री तोक्नु अलोकतान्त्रिक हो । सर्वोच्च अदालत जस्तो सम्मानित संस्था पनि संविधानको ७६ को ५ को व्याख्यालाई अपव्याख्या गर्दा लोकतन्त्र नै खतरामा परेको छ, वहाँले भन्नुभयो । दभुङ्ग चण्डीदेवी गुठी भवनको समुदघाटन गर्दे सासंद केदार सिग्दलले सो कुरा वताउनुभएको हो ।
दलिय व्यवस्थामा ७६ को ५ मा दलिय ह्वीप लाग्दैन भनेर अदालत भन्नु न्यायसंगत छैन । लोकतन्त्रमा दलिय व्यवस्था नै मुख्य हो, दलिय व्यवस्था वाहिर गएर निर्दलियता उन्मुख व्याख्या गर्नु संविधान विपरित रहेको छ । यसले दिर्घकालिन सम्म असर पुरयाउदछ । न्यायमुर्तिहरुले दलिय व्यवस्थामाथी धावाँ वोलेर अराजकताको सिर्जना गरेको छ, सासंद सिग्देलले वताउनुभयो ।
स्थानिय पुर्वाधार कार्यक्रम अन्र्तगतको ०७७/०७८ को भवन उद्घाटनकार्यक्रममा व्यास नपा –५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले ३ तहको सरकारको काम कारवाही जनतालाई वुझाउन नसक्दा जनता रनभुल्लमा परेको वताउनुभयो । जिम्मेवारी पुरा नगर्ने तर अर्को पक्षलाई देखाएर भाग्न नमिल्ने श्रेष्ठले वताए ।
संस्थाका अध्यक्ष टेकवहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा संस्थाका उपाध्यक्ष काजीमान श्रेष्ठ, निर्माण समितीका अध्यक्ष विवि श्रेष्ठ लगायतले वोलेका थिए भने संस्थाका सचिव कृष्ण कुमार श्रेष्ठले संचालन गरेको थियो । कार्यक्रममा नेकपा एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, कार्यलय सचिव राजेश्वर ढकाल, दमौली अस्पताल विकास समिती का अध्यक्ष प्रदिपराज अधिकारी लगायत अतिथीहरुको उपस्थिती रहेको थियो ।