Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीको चन्द्रनगरमा सांसद विकास कोषको १५ लाख रकम कागजमै काम गरि सकियो

सर्लाहीको चन्द्रनगरमा सांसद विकास कोषको १५ लाख रकम कागजमै काम गरि सकियो

इच्छाकामना न्युज

२५, श्रावण २०७८
सर्लाहीको चन्द्रनगरमा सांसद विकास कोषको १५ लाख रकम कागजमै काम गरि सकियो

सर्लाही, २५ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सांसद विकास कोषको बजेटबाट प्राप्त भएको १५ लाख रकम कागजी प्रतिवेदनमै सकिएको छ । चन्द्रनगर गाउँपालिका १ किसनपुरस्थित सडकको मर्मत सम्भारका लागि भन्दै विनियोजन भएको सांसद विकास कोषको रु १५ लाख रकम  काम नै नगरी सकिएको हो।

images

चन्द्रनगर गाउँपालिकाले असार १५ गते नै सडकको स्तरोउन्नती भई सकेको भन्दै प्रतिवेदन तयार पारेको थियो । तर स्थानीय बासिले सडकको अवस्था सुधार नभएको बताएका छन् । स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाहीसम्मको सडकको स्तरोउन्नतीका लागि आएको सो रकम गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष मिलेर अनियमितता गरेको स्थानिय  अवधलाल रायको आरोप छ । उनले भने, ‘अहिले पनि यो सडक पुरानै अवस्थामा छ, सांसदले दिएको रु १५ लाख कहाँ गयो थाहा छैन ।’

‘प्रदेश २ का जिल्लामा विकासको काम गर्दा कम्तीमा आधा भए पनि काम गर्ने चलन छ, तर यहाँ एक मुठी माटो र बालुवा पनि हालेको देखिएको छैन,’ स्थानीय राजकुमार महतो भने, ‘कागजी रुपमा भने काम भइसकेको देखाइएको छ ।’ प्रतिनिधि सभाका सदस्य प्रमोद साहको निर्वाचन क्षेत्र पर्ने यस क्षेत्रमा आर्थिक वर्ष २०७७÷०७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत रु १५ लाख सो सडकको स्तरोउन्नतीका लागि परेको थियो ।

यता, आफुहरुले इमान्दारी पुर्वक चौतर्फी विकास गर्दा पनि अनियमितता भएको झुठा कुरा गरेर गाउँपालिका कार्यालयलाई बदनाम गर्ने कार्य भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताउनु भयो । उहाँका अनुसार सडकको स्तरोउन्नतीका लागि स्थानियबासीको स्वीकृत योजना अनुसार भेलाबाट उपभोक्ता समिति  गठन गरि रामवृक्षको घर देखि बेचन पासवानको घर हुदै भैसियाही खोला सम्मको सडकलाई स्थानीय सरकारको निर्देशिका र मापदण्द अनुसार सडक सुधारको कार्य सम्पन्न भएको हो । 

केहि गलत मानसिकता भएका व्यक्तिहरुको निजी स्वार्थ पुर्ती नहुदा राम्रो कामलाई नराम्रो बताएर बदनियत पुर्ण तरिकाले गाउँपालिका कार्यालयलाई बदनाम गर्ने कार्य भएको प्रति आफुहरुको गंम्भिर ध्यानाकर्षण भएको गाउँपाकिला अध्यक्ष महतोले बताउनु भयो । उहाँले गाउपालिकाको प्रतिकृया बिना एकतर्फी समाचार बनाई केही मिडियाहरुले पित पत्रकारिता गरेको आरोप पनि लगाउनु भयो ।

जुन सडकमा योजना अनुसार काम भएको छ, त्यस सडकलाइ नदेखाई गलत तरिकाले खाल्टो भएको सडकलाई आधार बनाई समाचार सम्प्रेषण गरि गाउँपालिकालाई बदनाम गर्ने नियतले मिडिया बाजी गर्नेलाई पनि कानुनी दायरामा ल्याउने कार्य भईरहेको उहाँले बताउनु भयो ।

रामवृक्षको घर देखि भैसियाही सम्मको सडक स्तरोन्नती तथा मर्मत संम्भारको कार्यमा १६ लाख ७७ हजार जनसहभागिता सहितको लागत लागेको र कहीं  कुनै किसिमको अनियमितता नभएको गाउँपालिका अध्यक्ष महतोले दाबी गर्नुभयो । उहाँले रामवृक्ष महतोको घरदेखि भैंसीयाहीसम्म तीनवटा सडक रहेको र त्यसमध्ये एउटा मात्र सडकको स्तरोन्नति भएको पनि बताउनु भयो । तीन वटा सडक मध्य एउटा सडकको स्तरोउन्नती गर्ने भनी सो रकम प्राप्त भएको र सोही अनुसार उपभोक्ता समितिलाई भुक्तानी दिएको उहाँले बताउनु भयो ।

यता चन्द्रनगर गाउँपालिका १ का वडाध्यक्ष बच्चे राय यादवले रामवृक्ष महतोको घरदेखि भैसीयाहीसम्म काम नभएको भन्दै साउन ५ गते गाउँपालिकामा निवेदन दिएका थिए । उनले दिएको निवेदनमा रामवृक्ष महतोको घरदेखि भैसीयाहीसम्मको सडक निर्माण कार्य नभएको तर यस कार्यालयबाट सम्पन्न भई निकासा समेत भइसकेको उल्लेख गर्दै त्यसको प्रतिलिपि उपलब्ध गराइदिन माग समेत गरिएको थियो । तर अहिले वडा अध्यक्ष यादवले पनि काम भएको दाबी गरेका छन् ।

पहिले तोकिएको भन्दा अर्कै सडक स्तरोन्नति भएको छ भन्ने सुनेको छु कामै नभएको होईन काम भएको तर सडक चाहि फरक परेको हुन सक्छ । सडकको स्तरोन्नतिका लागि योजना छनोट गर्ने समितिका संयोजक प्रतिनिधिसभा सदस्य साहले बताउनुभयो ।

उहाँका अनुसार ‘जुन सडकमा काम गर्नुपर्ने हो, त्यो सडकमा भएको देखिएको छैन,’‘मेरो सहमति बिना योजना अर्कै ठाउँमा सारिएको छ ।’ सांसद साहले बताउनु भयो । सांसद साहका अनुसार अर्को ठाउँमा काम गरिए पनि स्टिमेट अनुसार गरिएको छैन । पहिले छनोट गरिएको सडक स्तरोन्नति नगरिएको भन्दै उहाँले यस्तो काम गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १२:१३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology