जनकपुरधाम, २५ साउन । प्रदेश २ प्रहरी कार्यालयले आ.व. २०७७/०७८ को अपराध विवरण सार्वजनिक गरेको छ । विभिन्न फौजदारी तथा अन्य घटनाका फरार अपराधिहरु, चोरी तस्करी तथा निकासी पैठारी, छिमेकी मुलुकसंग भएका छलफलहरु, दैवि प्रकोप, अवैध मदिरा भट्टी सञ्चालन तथा गिट्टी बालुवा उत्खन्न्, महिला बालबालिका तथा जेष्ठ नागरिकहरु र घरेलु हिंसा, सुनचाँदी पक्राउ, अवैध आर्थिक कारोवार (हुण्डी),लागु औषध, हात हतियार खरखजाना, ट्राफिक कार्बाही र समुदाय प्रहरी साझेदारी कार्यक्रमको विवरण सार्वजनिक गरेको हो ।
प्रदेश प्रहरी कार्यालय जनकपुरले सार्वजनिक गरेको विवरणमा कर्तव्य ज्यान ९३ जना ,खुन डाँका मुद्धामा २ जना,ज्यान मार्ने उद्योग मुद्धामा ३ सय १० जना, गर्भपतन सम्बन्धी घटनामा ९ जना, भवितव्य ज्यान सम्बन्धी मुद्धामा ४ सय ६७ जना, ज्यान सम्बन्धी १ सय २८, फुटकर ज्यान ९०, आत्म हत्या सम्बन्धी ९ सय ५९, संगठित तथा आर्थिक अपराध १ हजार ५ सय ४३, समाजिक अपराध १ हजार ८ सय ३२, महिला तथा बालबालिका सम्बन्धी अपराध ६ सय १७, सवारी दुर्घटना ५ सय ३३ र विविध तर्फ ६ सय १८ गरी कुल ७ हजार २ सय १, फरार मुद्धाका प्रतिवादीहरु १ हजार ७ सय २३ र अभियुक्त ६ सय ८१, चोरी निकासी तर्फ ४ सय २७ जना मानिस पक्राउ, भन्सार बुझाएको ५८ करोड,८२ लाख, ५१ हजार ९ सय २६, सुनचाँदी पक्राउ तथा कार्बाहीमा मानिसहरु ८ जना २३ किलो, ३ सय ८८ ग्राम ५ सय १२ मिलीग्राम सुनबाट रु १८ करोड ६३ लाख ८२ हजार ४ सय ६५ र चाँदीतर्फ १ सय १६ किलो २ सय ७४ ग्राम १ सय ४४ मिलीग्रामबाट रु ५५ लाख ४३ हजार ४ सय ७३, अवैध आर्थिक कारोवार (हुण्डी) कारोबार तथा मानिस पक्राउ र कार्बाही मुद्धा दर्ता २० वटा, ४३ जना मानिस पक्राउ र रु ३ करोड ८३ लाख ६७ हजार ६ सय १० रुपैँया, लागु औषधमा मुद्धा दर्ता ७ सय १४ मानिस पक्राउ ९ सय ९९ जना, हात हतियार खरखजाना मानिस ६८ जना र साना तथा ठुला गरि हातहतियार ५३ वटा, ट्राफिक कार्बाही संख्या २ लाख ५७ हजार ८९ राजश्व संकलन रु १९ करोड ४ लाख ५५ हजार, अवैध चोरी निकासी पैठारी राजश्व संकलन रु ५८ करोड ८२ लाख ५१ हजार ९ सय २६, मानिस पक्राउ ४ सय २७ जना, छिमेकी मुलुकसँग भएका छलफल १० पटक, दैवी प्रकोप ९९ चट्याङ्ग, हावाहुरी, अविरल वर्षा, बाढिपहिरो, करेन्ट, आगलागी, डुंगा दुर्घटना, जंगली जनावर, शितलहरुबाट मानिस मृत्यु ३ सय ९७, घाईते ३ सय ८५, बेपता २ जना र अन्दाजी क्षेती रु २ करोड ७८ लाख ७२ हजार २ सय १०, अवैध मदिरा ३४ हजार ९ सय ७० लिटर तयारी मदिरा, २ लाख ६४ हजार ३ सय १५ लिटर कच्चा पदार्थ र ४१ जना मानिस, गिट्टी, बालुवा, ढुंगा अवैध उत्खननमा नियन्त्रणमा ८७ जना मानिस र ३ सय ७४ सवारी साधनहरु, महिला बालबालिका तथा जेष्ट नागरिक तर्फ मुद्दा दर्ता ६ सय ३७, फर्छ्यौट ३ सय ५१ बाँकी २ सय ८६ वटा रहेका छन् ।
त्यसैगरी घरेलु हिंसामा परेका उजुरीहरुमा १ हजार ७ सय ८ वटा मिलापत्र भएको,९ सय ३५ वटा उजुरी तामेलीमा, ३ सय २८ वटा मुद्धाका मानिसहरु सम्पर्कमा नआएको, ९६ वटा मुद्धा मिलापत्र हुन नसकी अन्य निकायमा पठाएको र १ सय ११ वटा मुद्धाको कारवाही भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । घरेलु हिंसामा ३ हजार १ सय ७८ वटा मुद्धा परेका थिए ।
महिला तथा बालबालिका बिरुद्ध हुने अपराध नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरेको छ । लैंगिक हिंसा, महिला हिंसा, घरेलु हिंसा, जबरजस्ती करणी, मानव वेचबिखन तथा ओसार पसार विरुद्ध अन्तरक्रिया, बाल बिबाह, बहुविबाह, बालयौन दुव्र्यबहार, बोक्सिको आरोप, जातिय छुवाछुत तथा दाईजो प्रथा सम्बन्धी गरी २ सय ६३ वटा जनचेतनामुलक कार्यक्रम गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख (डिआईजी) प्रहरी उमेश रन्जीतकारले जानकारी दिनु भयो ।
साथै सरसफाई कार्यक्रम,महिला हिंसा न्यूनिकरण सम्बन्धि कार्यक्रम, लागू पदार्थ दुव्र्यसनी बिरुद्ध सचेतना मुलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, जनचेतनामूलक पर्चा पम्प्लेट वितरण तथा कोरोना भाईरस सम्बन्धी, सेफ्टी पिन सम्बन्धी कार्यक्रम,अन्तक्रिया छलफल तथा श्रव्य दृष्य, स्वास्थ्य सेवा प्रदान (नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान), कार्यक्रमहरु गरेको प्रहरीले जनाएको छ ।