Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

२७ औं विश्व आदिवासी दिवस आजः जनजाति महासंघ भर्चुअलमा, आयोग र प्रतिष्ठानको कार्यक्रम होटलमा

२७ औं विश्व आदिवासी दिवस आजः जनजाति महासंघ भर्चुअलमा, आयोग र प्रतिष्ठानको कार्यक्रम होटलमा

इच्छाकामना न्युज

२५, श्रावण २०७८
२७ औं विश्व आदिवासी दिवस आजः जनजाति महासंघ भर्चुअलमा, आयोग र प्रतिष्ठानको कार्यक्रम होटलमा
images

काठमाडौं, २५ साउन । आज २७औँ विश्व आदिवासी दिवस । विश्वभर ‘कसैलाई पछाडि नछाडौं : आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आव्हान’ भन्ने नाराका साथ मनाइँदैछ ।

images
images

यो दिवस नेपालका आदिवासी जनजातिले भनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपालमा ‘पहिचान सहितको संघीयता
र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्म निरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन’ भन्ने नाराका साथ मनाइँदैछ ।

नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ लगायतका संघसंस्थाले शुभकामना आदानप्रदान गर्दै कार्यक्रम मनाउँदै गरेको जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले जानकारी दिए ।

विगतमा सडकमा झाँकी र भव्य कार्यक्रम गर्दै आएको महासंघले कोरोना महामारीका कारण दुई वर्षदेखि भर्चुअल रुपमा कार्यक्रम गर्दैछन् । आज भने भर्चुअल र सामान्य भौतिक रुपमा उपस्थित हुँदै शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेका छन् ।

त्यसैगरी, राष्ट्रिय आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पनि यो दिवसको अवसरमा शुभकामना कार्यक्रम राखेका छन् ।

आयोगले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको प्रमुख आतिथ्यतामा कान्तिपथस्थित एक होटलमा भव्य समारोह गरेर कार्यक्रम गर्दैछ भने प्रतिष्ठानले पनि चियापान र शुभकामना कार्यक्रम गर्दैछ ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १०:०७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology