Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

वीर अस्पतालमा सबै उपचार सेवा सुरु भएपछि विरामीको घुँइचो 

वीर अस्पतालमा सबै उपचार सेवा सुरु भएपछि विरामीको घुँइचो 

images

इच्छाकामना न्युज

२५, श्रावण २०७८
वीर अस्पतालमा सबै उपचार सेवा सुरु भएपछि विरामीको घुँइचो 
images

काठमाण्डौ, २५ साउन । कोरोना महामारीको क्रममा कोभिड विशेष अस्पताल बनेको वीर अस्पतालमा हिजोआज कोरोना बाहेक अन्य रोगको उपचार पुनः सुरु भएको छ । मुलुककै सबैभन्दा पुरानो तथा विपन्न नागरिकको उपचार गर्ने अस्पताल भनेर चिनिएको वीर अस्पतालमा विरामीको घुँइचो  लागेको छ ।

कोरोना सङ्क्रमणको जोखिम भएपनि उपचार नगराई विकल्प नभएकाले पत्थरीको उपचार गर्न आएको उदयपुर कटारीका ७० वर्षिया केदार पटेलले बताउनुभयो ।

वीर अस्पतालमा कोरोना महामारी सुरु हुनु अघिसम्म सबै रोगको उपचार हुने गरेकामा कोरोना महामारीको पहिलो र दोस्रो लहर उच्च बिन्दुमा पुगेपछि कोरोना बाहेकका उपचार सेवा बन्द गरिएको थियो । तर, हिजोआज फेरि बिरामीको सहजताका लागि सबै उपचार सेवा सुरु गरिए पनि अस्पतालको भीडभाड देख्दा अस्पतालबाटै कोरोना सर्ने हो कि भन्ने डर लागेको धनुषा बरमझियाका सुनिता देवी मुखियाले बताउनुभयो ।

कोरोना महामारीभन्दा पहिलेसम्म अस्पतालमा देशभरबाट गरी दैनिक एक हजारदेखि १५ सयको सङ्ख्यामा विरामीहरु आउने गरेकामा अहिले पनि दैनिक झण्डै ५ सयको सङ्ख्यामा विरामीहरु आईरहेका छन् ।

अस्पतालमा भीड व्यवस्थापन चुनौतिपूर्ण देखिन्छ । वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले नागरिक आफै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण न्यूनिकरण गर्ने जिम्मेवारी सरकारको मात्रै नभएकाले प्रत्यक नागरिकले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताउनुभएको हो ।

सरकारी अस्पताल र निःशुल्क उपचार तथा सहुलियत सेवा पाउने भएकाले वीर अस्पतालमा भीडभाड बढेको हो । अस्पतालले भीड व्यवस्थापन गर्न नसक्दा सेवामा ढिलासुस्ती साथै विरामी र उनिहरुका आफन्तलाई कोरोना लगायत विभिन्न सरुवा रोगको डर समेत बढेको छ । 

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - ०९:३१:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology