Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

महाधिवेशन सार्ने तयारी भएकोमा काँग्रेस वरिष्ठ नेता पौडेलको आपत्ति 

महाधिवेशन सार्ने तयारी भएकोमा काँग्रेस वरिष्ठ नेता पौडेलको आपत्ति 

images

इच्छाकामना न्युज

२५, श्रावण २०७८
महाधिवेशन सार्ने तयारी भएकोमा काँग्रेस वरिष्ठ नेता पौडेलको आपत्ति 
images

काठमाण्डौ, २५ साउन । पार्टीको आसन्न महाधिवेशनको मिति फेरि सार्न लागिएको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नुभएको छ ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार सार्वजनिक गर्दै पौडेलले पार्टी सभापति देउवाको नाम उल्लेख नगरी सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगेको टिप्पणी गर्नुभएको हो ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु¥याइएको छ ।

यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्बाही अरु के हुन्छ ?यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्ति वारम्बार सत्ता समाल्न पुग्छन् ।’ पौडेलले लेख्नुभएको छ । 

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - ०९:२८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology