Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोनाविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु हुँदै 

कोरोनाविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु हुँदै 

images

इच्छाकामना न्युज

२५, श्रावण २०७८
कोरोनाविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु हुँदै 
images

काठमाण्डौ, २५ साउन । सरकारले कोभिडविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु गर्दैछ । भुटान, जापान लगायतका बिभिन्न मुलुकबाट आएको खोप धेरैभन्दा धेरै नागरिकसम्म पु¥याउनका लागि आजदेखि यही साउन ३२ गतेसम्म खोप अभियान चलाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाप्रमुख  डा झलक गौतमले सीआईएनसँग बताउनुभयो ।

उहाँका अनुसार खोप अभियान सफल पार्नका लागि मुलुकभरमा खोप केन्द्रहरूको बिस्तार गरिएको छ भने स्थानीय सरकार, राजनीतिक दल, क्लब तथा सरोकारवाला निकायलाई समन्वयका लागि मन्त्रालयले अनुरोध गरेको छ ।

कोरोनाविरुद्धको खोप बारेको सूचना सम्प्रेषण, प्राथमिकतामा परेकालाई खोप दिने, खोप केन्द्र विस्तार लगायतका कार्य यो अभियान अन्तर्गत गरिने डा गौतमले जानकारी दिनुभयो । कोभिसिल्डको पहिलो मात्र लगाइसकेका १३ लाख ६८ हजारलाई यही हप्तामा खोप दिइनेपनि उहाँको भनाइ छ ।

काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप आजबाट लगाइने जानकारी दिनुभयो । उहाँले काठमाडौँमा १ सय ४४ खोप केन्द्रमार्फत कोभिसिल्डको दोस्रो मात्राको खोप लगाइने बताउनुभयो ।

अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, संयोजक, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरूलाई कानुन बमोजिम कारबाही गर्ने स्वास्थ्य कार्यालयले चेतावनी दिनएको छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - ०९:२६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology