Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अमेरिका निवासी पत्रकार घिमिरेद्वारा तनहुँको छाब्दी बराही मन्दिरका लागि जिवनभर वार्षिक ५ सय डलर सहयोग गर्ने घोषणा

अमेरिका निवासी पत्रकार घिमिरेद्वारा तनहुँको छाब्दी बराही मन्दिरका लागि जिवनभर वार्षिक ५ सय डलर सहयोग गर्ने घोषणा

images

इच्छाकामना न्युज

२४, श्रावण २०७८
अमेरिका निवासी पत्रकार घिमिरेद्वारा तनहुँको छाब्दी बराही मन्दिरका लागि जिवनभर वार्षिक ५ सय डलर सहयोग गर्ने घोषणा
images

तनहुँ, २४ साउन । लमजुङको मर्स्याङ्दी ६ बाहुनडाँडा स्थायी घर भई हाल अमेरिका बस्ने विष्णुहरि घिमिरेले छाब्दी बराही मन्दिरका लागि आफ्नो जीवन अवधीभर वार्षिक पाँच सय अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन । 

घिमिरेले आफ्नो ४३औ जन्मदिनमा उक्त दानको घोषणा गरेका हुन । घिमिरेले सो रकम मन्दिरको जिर्णोद्वार, भक्तजनको सुविधा र विकासका अन्य पूर्वाधार लागि खर्चहोस भन्ने चाहाना राखेका छन ।

यस्तै गरिव, निमुखा, असहाय बालबालिकाहरूको शिक्षाका लागि पनि मन्दिर व्यवस्थापन समितिले सो रकम खर्च गर्न सक्ने छ । पत्रकार घिमिरे छाब्दी बराही माताको नियमित भक्त समेत हुन । घिमिरेले यस अगाडि मन्दिरको प्रवेशद्वारमा ठूलो घण्टा चडाएका थिए । २०७२ सालमा दान गरिएको सो घण्ट तत्कालिन समयमा ८० हजार मूल्यको रहेको थियो ।

यस्तै घिमिरेले मन्दिर परिसर भक्तजनहरूको जुत्ता चप्पल राख्नका लागि घर समेत बनाएका छन । सो जुत्ता चप्पल र पानी धारा निर्माणका लागि एक लाख रूपैयाँ लागत लागेको थियो ।

नेपालमा रहदा हिमालयन टाईम्स दैनिक, नेपाल वान टेलिभिजन र कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार घिमिरेले अमेरिकामा “समाज टाईम्स” अनलाईन पत्रिका संचालनको तयारीमा छन ।

श्रीमति यमुना बराल र दुई छोरा सुमित र सुजितका साथ अमेरिकामा बस्दै आएका घिमिरेले आफु अमेरिका बसुन्जेल यो दान गर्ने घोषणा गरेका हुन ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - १७:४०:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology