Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि के.सी.द्वारा आफ्नो जन्मदिनमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि के.सी.द्वारा आफ्नो जन्मदिनमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

क्याम्पस संचालक समितिका उपाध्यक्ष बिमला देवकोटाद्वारा पनि छोरा असिम देवकोटाको जन्मदिनमा दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

images

इच्छाकामना न्युज

२४, श्रावण २०७८
आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि के.सी.द्वारा आफ्नो जन्मदिनमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान
images

आँबुखैरेनी, २४ साउन । तनहुँको आँबुखैरेनीमा रहेको एकमात्र क्याम्पस आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख एवं लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष ऋषि के.सी.ले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहलाई छात्रवृत्ति प्रदान गरेको छ। क्याम्पस प्रमुख के. सी. ले आज परेको आफ्नो जन्मदिनको अवसरमा क्याम्पसमा बिबिएस प्रथम वर्षका सर्वोत्कृष्ट विद्यार्थी मेलिना भट्टलाई छात्रवृत्ति प्रदान गरेको हो। 

अध्यक्ष के.सी.को जन्मदिन मनाउनका लागि लायन्स क्लव अफ आँबुखैरेनी सिटिले आज आँबुखैरेनीमा गरेको एक कार्यक्रममा क्याम्पस प्रमुख के.सी.ले छात्रवृत्ति स्वरुप नगद १० हजार १ सय रुपैयाँ विद्यार्थीलाई प्रदान गरेको हो।

222521320_3053219285003739_3657513641652561319_n.jpg

यसैबिच केहि दिन अघि पनि एक स्थानीयले जन्मदिनको अवसर पारेर क्याम्पसका दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो। क्याम्पस संचालक समितिका उपाध्यक्ष एवं लायन्स क्लव अफ अकलाका द्वितीय उपाध्यक्ष बिमला देवकोटाले हाल अमेरिका निवासी आफ्नो छोरा असिम देवकोटाको साउन २० गतेका दिन परेको जन्म दिनको अवसरमा दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको क्याम्पस प्रमुख के.सी. ले जानकारी दिए। 

220404063_892665184928976_8640522226485172081_n.jpg

क्याम्पस प्रमुख के.सी. का अनुसार क्याम्पसमा प्रथम वर्षका छात्रा इन्दु अधिकारी र तृतीय वर्षका छात्रा केमिका श्रेष्ठलाई जनही १० हजार ५ सय १० रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरिएको थियो। विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस् भनी उक्त छात्रवृत्ति रकम सहयोग गरिएको पनि उनले बताए।

224108792_338834257878119_3375467765341812805_n.jpg

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - १२:३४:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology