Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सर्लाहीमा अनावश्यक विद्युत् अवरुद्ध,अनलाई कक्षा पढ्ने विद्यार्थी बढी मारमा

सर्लाहीमा अनावश्यक विद्युत् अवरुद्ध,अनलाई कक्षा पढ्ने विद्यार्थी बढी मारमा

images

एसपी गौरब

२४, श्रावण २०७८
सर्लाहीमा अनावश्यक विद्युत् अवरुद्ध,अनलाई कक्षा पढ्ने विद्यार्थी बढी मारमा
images

सर्लाही, २४ साउन । सर्लाहीमा केही दिनयता सामान्य अवस्थामा पनि छिनछिनमै विद्युत् कटौती हुन थालेको छ । गर्मी मौसममा लगातार विद्युत् अवरुद्ध हुँदा उपभोक्ता हैरान भएका छन् । मुलुक लोडसेडिङमुक्त घोषणा भए पनि आफूहरूले त्यस्तो महसुस गर्न नपाएको लालबन्दी नगरपालिका ६ का मनोज कुमार बरालले बताउनु भयो । ‘छिनछिनमा विद्युत् आउनेजाने समस्या नियमित जस्तो भएको छ,’ उहाँले बताउनु भयो ।

विद्युत् आउनेजाने हुँदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताको गुनासो छ । जिल्लाको हरिपुर सवस्टेसन र मलंगवा सव स्टेशनबाट विद्युत् अनियमित वितरण हुुनुको साथै पूरा भोल्टेज नआउने समस्या देखिएको छ । यस्तो समस्याले व्यवसाय पनि प्रभावित भएको रश्मी कोल्ड स्टोरका सञ्चालकले बताउनु भयो । विद्युत् अनियमितले गर्मीमा समस्या खेप्नुका साथसाथै विद्युतीय सामग्री पनि खराब हुने गरेका अर्का स्थानिय रमेश कार्कीले बताउनु भयो ।

अनियमित विद्युत् कटौतीको मार अहिले अनलाइन कक्षा पढिरहेका विद्यार्थीहरूले पनि खेपिरहेका छन् । बत्ती आउनेजाने हुँदा अनलाइन पढ्न समस्या भइरहेको विद्यार्थीहरुको गुनासो छ । समय समयमा विद्युत् आपूर्तिमा समस्या हुँदा कक्षा छुट्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।

विद्युत् प्राधिकरणले भने माग अनुसारको आपूर्ति हुन नसक्दा विद्युत् कटौती भइरहेको जनाएको छ । लोडसेडिङ नभए पनि माग बढिरहेकाले एक क्षेत्रको विद्युत् कटौती गरेर अर्को क्षेत्रमा आपूर्ति गर्नु परेको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधिर कुमार रायले बताउनु भयो । उहाँका अनुसार  ढल्केवरमा खराबी आएपछि चन्द्रनिगाहपुर सवस्टेसनको भर पर्नु परेकाले पिक समयमा ओभरलोड हुने गरेको हो ।

ओभरलोड नियन्त्रणका लागि सवस्टेसनबाटै एक फेज काटेर अर्को फेजमा विद्युत् प्रवाह भइरहेको केन्द्रले जनाएको छ । लालबन्दी नगरपालिका १ मा निर्माणाधिन अवस्थामा रहेको सवस्टेसन सञ्चालनमा आएपछि जिल्लाभरि विद्युतको समस्या दीर्घकालीन रूपमा समाधान हुने केन्द्र प्रमुख रायले बताउनु भयो । केन्द्र प्रमुख रायका अनुसार ‘अहिले विद्युतको माग बढी छ, तर आपूर्ति निकै कम छ, त्यो मिलाउनका लागि एउटा फेज अथवा एक क्षेत्रको विद्युत् अवरुद्ध गरेर अर्कोतिर चलाउनु परिरहेको छ,।’ 

 ‘नवलपुरको सवस्टेसन निर्माणको चरणमा छ, सञ्चालनमा आएपछि सर्लाहीवासीको यो समस्या भोग्नु नपर्ने केन्द्रले जनाएको छ । तर पहिला अहिलेकै अवस्थामा पनि विद्युत अवरुद्ध हुने गरेको नभएपनि अहिले सामान्य अवस्थामा समेत विद्युत अवरुद्ध हुँदा जिल्लाबासी हैरान भएका छन् ।

हाल सर्लाहीमा ढल्केवर सव स्टेशन र चन्द्रनिगाहापुर सव स्टेशनबाट विद्युत सेवा प्रवाह भई रहेको छ । ढल्केवर सव स्टेशनबाट आउने बाटोमा करिब १७ किलोमिटर जंगल क्षेत्र हुनुका साथै चन्द्रनिगाहापुर सव स्टेशनबाट आउने बाटोमा पनि करिब १५ किलोमिटर जंगल क्षेत्र धएका कारण पनि सामान्य पानी पर्दा तथा हावाहुरी चल्दा विद्युत सेवा अवरुद्ध हुने गरेको प्राविधिकहरुको भनाई छ । साथै अनियमित विद्युत कटौतीको विरुद्धमा जिल्लाका युवाहरु आन्दोलनमा उत्रिएका छन् ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - ११:५४:०४ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology