Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इच्छाकामना बासपुरका राममाया गुरुङको उपचारका लागि लण्डनबाट तेजमान गुरुङद्वारा थप एक लाख सहयोग

इच्छाकामना बासपुरका राममाया गुरुङको उपचारका लागि लण्डनबाट तेजमान गुरुङद्वारा थप एक लाख सहयोग

चितवन रामपुर घर भै हाल लण्डनमा बसोबास गरिरहेका गुरुङले मात्रै अहिलेसम्म १ लाख ७५ हजार सहयोग गरे

images

इच्छाकामना न्युज

२४, श्रावण २०७८
इच्छाकामना बासपुरका राममाया गुरुङको उपचारका लागि लण्डनबाट तेजमान गुरुङद्वारा थप एक लाख सहयोग
images

चितवन, २४ साउन । इच्छाकामना गाउँपालिका २ बाँसपुरका राममाया गुरुङको उपचारका लागि आर्थिक सहयोग जुटीरहेको छ । हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेका गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन ।

विगत केही बर्षदेखी हड्डीको टिबीका कारण थला पर्नुभएकी राम माया गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराका तिर्सना गुरुङको पहलमा उपचार भइरहेको छ ।

चितवन रामपुर घर भइ हाल लण्डनमा रहनुभएका तेजमान गुरुङले मात्र हाल सम्म एक लाख ७५ हजार सहयोग गर्नुभएको छ ।
यस अघि ७५ हजार र हाल एक लाख सहयोग गर्नुभएको हो ।

पुरानो मेडिकल कलेज चितवनमा अपरेशन पछि चिकित्सकको सल्लाह अनुसार थेरापी सेन्टरमा उपचारका लागि भर्ना गरिएपनि आर्थिक अभाव भएपछि घर फिर्ता गरिएको थियो ।

हड्डीको टिबीका कारण शरिरको कम्मरदेखि तलको भाग चल्न छाडेको एक बर्ष भइसेको छ ।आर्थिक अवस्था निकै कमजोर भएका कारण बिरामीका परिवारले उपचार गर्न सक्ने अवस्था नरहेको वडा सदस्य समेत रहेका स्थानीय बुद्धिमान गुरुङले बताउनुभयो ।

उहाँको उपचारका लागि सहयोग गर्न चाहनेहरुले ९८६५०८०३५४ मा सम्पर्क गर्न सक्नुहुने छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - १०:१४:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology