चितवन, २४ साउन । आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेकाछन् । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् मन्जु बासीका अनुसार अहिले घाम लागेको ठाउँमा पनि दिउँसो बादल लागेर पानी पर्न सक्नेछ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १ र बाग्मती प्रदेशको एकदुई ठाउँमा भने मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो ।