काठमाडौं, १९ कार्तिक । राजधानी काठमाडौंको एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसको २०४ नम्बर कोठामा ती युवती बुधवार मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार ती युवती ललितपुरकी २५ वर्षीया अनु थापा मगर हुन् । उनी मंगलवार राति सो गेष्ट हाउसमा आएर बसेकी थिइन् ।
बुधवार बिहान अबेरसम्म कोठाबाट बाहिर ननिस्किए पछि गेष्ट हाउसका स्टाफले गएर हेर्दा उनी मृत फेला परेकी हुन् । उनको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।