Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एसईईको नतिजा साउन २५ भित्र

एसईईको नतिजा साउन २५ भित्र

images

इच्छाकामना न्युज

२३, श्रावण २०७८
एसईईको नतिजा साउन २५ भित्र
images

काठमाडौं, २३ साउन । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो ।

बोर्ड (एसईई) हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले परीक्षा प्रकाशनको अन्तिम चरणमा आफूहरू पुगेको र कार्यालयको सर्भर तथा प्राविधिक क्षेत्रमा समस्या भएन भने २५ गते सम्म नतिजा सार्वजनिक गरि सक्ने जानकारी दिए ।

नतिजा प्रकाशनका क्रममा विद्यार्थीको प्राप्ताङ्कमा त्रुटि नहोस् भनेर नै रुजुको काम भइरहे को उनले स्पष्ट गरे । हाल विद्यार्थीको प्राप्ताङ्क नम्बरलाई जीपीएमा परिवर्तन गर्ने काम भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १०:३६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology