Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

अफगानिस्तानको दक्षिणी प्रान्तिय राजधानी तालिबान लडाकुको कब्जामा

अफगानिस्तानको दक्षिणी प्रान्तिय राजधानी तालिबान लडाकुको कब्जामा

images

एजेन्सी

२३, श्रावण २०७८
अफगानिस्तानको दक्षिणी प्रान्तिय राजधानी तालिबान लडाकुको कब्जामा
images

तालिबान लडाकुले अफगानिस्तानको एक प्रान्तिय राजधानी कब्जामा लिएको छ । तालिवानले दक्षिण पश्चिममा रहेको निमरोज प्रान्तको राजधानी जारान्ज कब्जामा लिएको सरकारी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आसपासको जिल्ला कब्जा गरेपछि तालिवान लडाकुले लगातार यो शहर कब्जा गर्ने प्रयास गरिरहेकाथिए । योसँगै पश्चिममा हेरात र दक्षिणमा लस्कर गाहमाभारी संघर्ष चलिरहेको छ । जारान्ज इरानको सीमामा रहेको मुख्य व्यापारिक केन्द्र मानिन्छ ।

यसैबीच तालिवान समूहले ट्वीट गरेर आफ्नो जीतभएको घोषणा गरेको छ । तालिवानको समूह कमाण्डरले यो सुरुवात भएको भन्दै अझै धेरै प्रान्त कब्जा गर्ने रणनीतिमा रहेको बताएका समाचार संस्था रोयटर्सले खबर लेखेको छ । 

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १०:२०:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology