Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी

images

इच्छाकामना न्युज

२३, श्रावण २०७८
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी
images

काठमाण्डौ, २३ साउन । काठमाण्डौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । रातिदेखि औद्योगिक क्षेत्रको नेबिको विष्कुट उद्योगमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जनाएको छ । वृत्तका प्रमुख डिएसपी निर्मल बुढाथोकीका अनुसार अहिले २० वटा पानी ट्याङ्कर र ८ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन् ।

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा लिन कठिन भएको छ । प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ ।

अहिले हेलिकप्टर फर्किसकेको छ । आगलागी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १०:१६:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology