Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

बालबालिकाहरु पब्जी र फ्री फायर जस्ता गेमको कुलतमा फसेको भन्दै बन्द गर्न सांसदको माग

बालबालिकाहरु पब्जी र फ्री फायर जस्ता गेमको कुलतमा फसेको भन्दै बन्द गर्न सांसदको माग

images

इच्छाकामना न्युज

२२, श्रावण २०७८
बालबालिकाहरु पब्जी र फ्री फायर जस्ता गेमको कुलतमा फसेको भन्दै बन्द गर्न सांसदको माग
images

काठमाडौं, २२ साउन । पब्जी, फ्री फायर लगायतका गेमिङ एप्लिकेशनमाथि प्रतिबन्ध लगाइनुपर्ने माग राष्ट्रिय सभामा पनि उठेको छ। राष्ट्रिय सभा सदस्य (सांसद) तारादेवी भट्टले बालबालिकालाई कुलतमा फसाएकाले पब्जी, फ्री फायरजस्ता एप्लिकेसनमाथि प्रतिबन्ध लगाउन् माग गरिन्।

शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले कोरोना भाइरसको महामारीका कारण विद्यालय बन्द रहेको बेला बालबालिकाहरु इन्टेरनेटको कुलतमा फस्न थालेको भन्दै चिन्ता समेत व्यक्त गरिन्।

सांसद भट्टले बालबालिकाको लागि पनि खोपको व्यवस्था गरेर छिट्टै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरिन्। विद्यालय उमेरका बालबालिका तथा किशोरहरु इन्टरनेट तथा गेमिङ एप्लिकेशनको लतमा फसेको र त्यसले उनीहरुको मानसिकतामा नै असर पार्ने भएकाले त्यस्ता एप्लिकेशनहरुमाथि तत्काल प्रतिबन्ध लगाइनुपर्ने उनको भनाइ छ।

यसअघि संघीय संसद्को प्रतिनिधि सभामा पनि पब्जी र फ्री फायरजस्ता गेमिङ एपमाथि प्रतिबन्ध लगाइनुपर्ने माग उठेको थियो।

images
प्रकाशित मिति :श्रावण २२, २०७८ शुक्रवार - २२:२३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology