Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखा अस्पतालको वेभसाइटमा गलत सूचना संप्रेषण

गोरखा अस्पतालको वेभसाइटमा गलत सूचना संप्रेषण

images

इच्छाकामना न्युज

२२, श्रावण २०७८
गोरखा अस्पतालको वेभसाइटमा गलत सूचना संप्रेषण
images

गोरखा, २२ श्रावण ।
गोरखा अस्पतालले आफ्नो वेभसाइटबाट गलत सूचना संप्रेषण गरेको छ । डब्लुडब्लुडब्लु डट गोरखाअस्पताल डट जीओभी डट एनपी नामको वेभसाइटबाट आफ्नो ठेगाना तथा सम्पर्क नम्बर नै गलत संप्रेषण गरेको हो ।
हामीलाई सम्पर्क गर्नुहोस् भन्ने मुख्य पेजमा नै अस्पताल १२ किलोग्राममा रहेको उल्लेख छ । त्यस्तै अस्पतालको सम्पर्क नंबर ०६२४२०९१८ प्रकाशित छ ।
गोरखा नगरपालिका ६ पाटेचौर, बोसेपानी क्षेत्रमा रहेको गोरखा अस्पतालको ठेगाना १२ किलोग्राममा रहेको उल्लेख भएको हो । त्यस्तै ०६४४२०९१८ हुनुपर्नेमा सम्पर्क नंबर पनि गलत संप्रेषण गरिएको छ ।
अस्पतालको वेभसाइटको पहिलो पेजमा अस्पतालको हालको तस्वीर र हाम्रो अस्पतालमा स्वागत छ लेखिएको छ । त्यहाँ अस्पतालको परिचय, मेडिकल सुपरिटेण्डेण्टमा हालकै मेसु शान्ति भुर्तेलको नाम र अस्पताल व्यवस्थापन समितिका हालका अध्यक्ष वुद्धि दवाडीकै नाम उल्लेख छ ।
तर हाम्रो बारेमा भन्ने पेजमा मेडिकल सुपरिटेण्डेण्टमा डाक्टर नवीन थापाको नाम र व्यवस्थापन समितिको अध्यक्षमा पुरुषोत्तम अर्यालको नाम उल्लेख गरिएको छ ।
तत्कालीन मेसु डाक्टर नवीन थापाको सरुवा भएर मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी डाक्टर शान्ति भुर्तेलले सम्हालेको पनि पाँच महिना भन्दा धेरै भइसकेको छ । अध्यक्ष परिवर्तन भएको पनि दुई महिना बितिसकेको छ ।
अस्पतालको वेभसाइटमा गलत सूचना रहेको बारे आफू अनभिज्ञ रहेको अस्पताल मेनेजर लिपासा श्रेष्ठ बताउँछिन् । ‘यो पेज अपडेट गर्ने काम त म आफैले गर्ने हुँ । तर ठेगाना र सम्पर्क नम्बर गलत भएको बारे जानकारी भएन’, उनले भनिन्, ‘म आउनु भन्दा अघि नै बनिसकेको थियो । म सच्याउन लगाउँछु ।’
स्रोतः दरौदी दैनिक

 

images
प्रकाशित मिति :श्रावण २२, २०७८ शुक्रवार - २०:०४:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology