गोरखा, २२ श्रावण ।
बाँदर कुर्न गएका उत्तरी गोरखा धार्चेका एक पुरुष मृत भेटिएका छन्।
मकैबारीमा बाँदर कुर्न गएका धार्चे २ लामावेशीका पुरुष २४ घण्टापछि शुक्रबार मृत अबस्थामा भेटिएका हुन् ।
बिहिबार बिहान आठबजे बारीमा गएका स्थानीय ३७ बर्षका काले गुरुङ शुक्रबार बिहान सवा नौ बजे केरौँजाको थाप्चेखोलामा मृत अबस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
बिहान घरबाट गएका उनी साँझसम्म नफर्केपछि परिबारजनले खोजीका लागि प्रहरीचौकी माछाखोलामा खबर गरेका थिए । स्थानीयबासी र प्रहरीको संयुक्त खोजतलासको क्रममा करिब १५० मिटर तल खोल्सामा मृत अबस्थामा भेटिएका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।