Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भूमि सम्बन्धी आयोग विघटनका विरुद्ध सर्लाहीको लालबन्दीमा रिले अनसन शुरु, निर्णय यथासिघ्र फिर्ता गर्न माग

भूमि सम्बन्धी आयोग विघटनका विरुद्ध सर्लाहीको लालबन्दीमा रिले अनसन शुरु, निर्णय यथासिघ्र फिर्ता गर्न माग

एसपी गौरब

२०, श्रावण २०७८
भूमि सम्बन्धी आयोग विघटनका विरुद्ध सर्लाहीको लालबन्दीमा रिले अनसन शुरु, निर्णय यथासिघ्र फिर्ता गर्न माग

सर्लाही, २० साउन । सर्लाहीको लालबन्दी नगरपालिका ६ जनवादी चोकमा भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनका विरुद्ध रिले अनसन शुरु भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले साउन १९ गते भूमि सुधार आयोग विघटन गर्नु भएको थियो । 

images

भूमिहिन,सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरि रहेका नागरिकहरुलाई व्यावस्थापन गर्न गठन गरिएको भूमि सुधार आयोग सरकार परिवर्तन भएपछि विघटन भएको भन्दै लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीको नेतृत्वमा रिले अनसन शुरु भएको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सरकार रहेको समयमा देवी प्रसाद ज्ञावालीको अध्यक्षतामा भूमि सुधार आयोग गठन गरिएको थियो । सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबास गरि रहेका नागरिकहरुलाई जग्गाको मालिक बनाउने, व्यवस्थित बसोबास गर्ने लक्ष्यका साथ तत्कालीन सरकारले आयोग गठन गरेको थियो ।

230787095_496011458371972_1801651867390122051_n.jpg

नेपाली कांग्रेसको नेतृत्वको सरकार आएपछि भूमि सुधार आयोग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कर्यकर्ता पाल्ने थलो भएको भन्दै साउन १९ गते विघटन गरेको थियो । 

देशभरका सुकुम्बासी,भूमिहिनहरुको लगत संकलन कार्य चलि रहेको समयमा प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले सुकुम्बासी तथा भूमिहिन नागरिकहरुलाई सधैँ एएटै दर्जामा राख्न आयोग विघटन गरेको भन्दै आफुहरुले उक्त निर्णय फिर्ता नलिएसम्म अनसन जारी राख्ने लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष कार्कीले राससलाई बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले नागरिकमुखी काम गरेको र नेकपालेशुरु गरेकोनागरिमुखी काम कांग्रेसको सरकारले देख्न नसकेको उहाँको भनाई छ । 

भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई सरकारले सधैँ भूमिहिन बनाउने काम शुरु गरेको भन्दै भूमि सम्बन्धी समस्या समाधान आयोग संघर्ष समिति लालबन्दीले यस अघि हस्ताक्षर अभियान शुरु गरेको थियो ।

images
प्रकाशित मिति :श्रावण २०, २०७८ बुधवार - २०:१३:१६ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology