काठमाण्डौ, २० साउन । नेपाली काँग्रेसको पदाधिकारीे बैठक आज बस्दै छ। दिउँसो ३ बजे सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने प्रवक्ता विश्वप्रकाश शर्माले सीआईएनलाई जानकारी दिनुभयो ।
आजको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने जनाइएको छ । यसअघि क्रियाशील सदस्यता छानविन समितिले केही जिल्लाको सदस्यता विवाद समाधान गर्ने जिम्मा शिर्ष तहका नेताहरु दिँदै प्रतिवेदन बुझाएको थियो। पार्टीको महाधिवेशन नजिकिए पनि सदस्यता विवाद समाधान हुन सकेको छैन ।
केही नेताहरुले स्थानीय अधिवेशन भदौ पहिलो साताबाट गर्ने गरी तयारी भईरहेको बताएका छन् । पार्टी नेतृत्वले भोलिसम्म क्रियाशिल सदस्यताको सूचीलाई अन्तिम रुप दिने नेता मीन विश्वकर्माले बताउनुभयो । यसअघि काँग्रेसमा चार लाखभन्दा बढि नयाँ क्रियाशील थपिएको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विवादका बीच थपिएको क्रियाशील सदस्य सङ्ख्या स्वीकार गर्न नसकिने बताएको छ।