Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघ्यो 

विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघ्यो 

images

एजेन्सी

१९, श्रावण २०७८
विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघ्यो 
images

विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ३ लाख ९१ हजार ५ सय ९९ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड १३ हजार ६ सय ४३ पुगेको छ । 

यस्तै, गत २४ घन्टामा विश्वभर थप ४ लाख ७४ हजार ४ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमित हुनेमा सबैभन्दा धेरै अमेरिकामा ५६ हजार ३ सय ६९ रहेका छन् । 

यस्तै ईरानमा ३७ हजार १ सय ८९, भारतमा ३० हजार ३१, रुसमा २३ हजार ५ सय ८, टर्कीमा २२ हजार ८ सय ९८, इन्डोनेशियामा २२ हजार ४ सय ४ र बेलायतमा २१ हजार ९ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १९ करोड ९५ लाख ६० हजार ५ सय १७ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर ७ हजार ६ सय ४९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ५ सय ६८ जनाको मृत्यु भएको छ । यस्तै रुसमा ७ सय ८५, ब्राजिलमा ४ सय ७३, भारतमा ४ सय २०, ईरानमा ४ सय ११ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख ४८ हजार २३ पुगेको छ । 

 

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - ०९:४९:२३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology