Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कप्पा भेरियन्टको सङ्क्रमणबाट जोगिन सरकारको अनुरोध 

कप्पा भेरियन्टको सङ्क्रमणबाट जोगिन सरकारको अनुरोध 

images

सिआईएन

१८, श्रावण २०७८
कप्पा भेरियन्टको सङ्क्रमणबाट जोगिन सरकारको अनुरोध 
images

स्नेहा कर्ण, काठमाडौँ, १८ साउन । विश्वमा हालसम्म देखिएका कोरोनाका बिभिन्न भेरिएन्टमध्ये सबैभन्दा बढी खतरनाक र सङ्क्रामक डेल्टा भेरिएन्ट रहेको भाइरोलोजिष्ट डा.श्रवण कुमार मिश्र बताउनुहुन्छ । कोरोनाको कप्पा भेरिएन्ट तुलनात्मक रुपमा कमजोर रहेको उहाँको विश्लेषण छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म अल्फा, कप्पा, डेल्टा र डेल्टा प्लस गरी कोरोनाको ४ वटा भेरिएन्ट फेला परेका छन् । आगामी दिनमा कोरोनाको थप कति  भेरिएन्ट वा म्यूटेशन फेला पर्छ ? अहिल्यै भन्न सकिने अवस्था छैन । त्यसैले सबै सतर्क रहनुपर्ने जनस्वास्थ्य विज्ञ डा. वासुदेव पाण्डेले बताउनुभयो ।

नेपालमा कोरोनाको दोस्रो लहरबाट धेरै व्यक्ति सङ्क्रमित र मृतकको सङ्ख्या बढ्नुको प्रमुख कारण विज्ञहरु डेल्टा भेरिएन्टालाई मान्ने गरेका छन् । यसैका कारण अमेरिका, बेलायत, इन्डोनेशिया लगायतका मुलुकमा तेस्रो लहर सुरु भइसकेको छ ।

कोरोनाका बिभिन्न भेरिएन्टमध्ये सबैभन्दा बढी खतरनाक र सङ्क्रामक डेल्टा भेरिएन्टको तुलनामा कप्पा भेरिएन्ट कमजोर रहेपनि स्वास्थ्य सावधानी भने अपनाउनु पर्ने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले बताउनुभयो ।

नेपालमा कोरोनाको दोस्रो लहर साम्य नहुँदै फेरि तेस्रो लहरको सङ्केत देखिन थालेको छ । डेल्टा र कप्पा भेरियन्टले पार्ने असर नियन्णका लागि विशेष रणनीति भन्दा पनि हरेक व्यक्तिले सावधानी अपनाउनुपर्नेमा सरकारको जोड छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - ०९:०३:०२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology