Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामना गाउँपालिकाले अर्को पनि नयाँ एम्बुलेन्स खरिद गर्ने  

इच्छाकामना गाउँपालिकाले अर्को पनि नयाँ एम्बुलेन्स खरिद गर्ने  

वडा नं. १ र २ का नागरिकहरुको लागि सेवा दिने गरि हात्तिवाङबाट संचालन गरिने

इच्छाकामना न्युज

१८, श्रावण २०७८
इच्छाकामना गाउँपालिकाले अर्को पनि नयाँ एम्बुलेन्स खरिद गर्ने  

कुरिनटार, १८ साउन । चितवनको इच्छाकामना गाउँपालिकाले अर्को पनि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ। यसका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेट निति तथा कार्यक्रममा समावेश गरेको छ। 

images

विशेष गरेर गाउँपालिकाको माथिल्लो भेग वडा नं. १ र २ का नागरिकहरुको लागि सेवा दिने गरि नयाँ एम्बुलेन्स खरिद गर्न लागिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिए। अध्यक्ष गुरुङका अनुसार अब ल्याउन लागिएको एम्बुलेन्स हात्तिवाङबाट संचालन गरिने र त्यस आसपासका गाउँहरुका नागरिकहरुलाई सेवा उपलब्ध गराईनेछ।

गाउँपालिका भित्र रहेका अधिंकाश एम्बुलेन्सहरु बजार क्षेत्रमा मात्र संचालनमा रहेको र पहाडी क्षेत्रहरुमा पर्ने ती गाउँहरुमा बिरामी लिनका लागि जान गाह्रो मान्ने, नजाने, आपतकालिन बिरामीहरु लिन जादा ढिलाई हुने लगायतका समस्याहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले गाउँबाटै संचालन गर्र्ने गरी नयाँ एम्बुलेन्स ल्याउन लागेको अध्यक्ष गुरुङले बताए। उनले भने– ‘यहि आर्थिक वर्ष भित्र नयाँ एम्बुलेन्स खरिद गरिनेछ।’

गाउँपालिकाले खरिद गर्ने नयाँ एम्बुलेन्स आएपछि गाउँपालिकाको नाममा २ वटा एम्बुलेन्स हुनेछ। यस अघि गाउँपालिकाले खरिद गरिएको एउटा एम्बुलेन्स भरतपुरमा दुर्घटनामा परि ७ महिनादेखि मर्मतका लागि ग्यारेजमै राखिएको छ। 

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - ०८:५७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology