Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

१३ औं संस्करणको साफ आयोजनाका लागि नेपालद्वारा औपचारिक प्रस्ताव पेश

१३ औं संस्करणको साफ आयोजनाका लागि नेपालद्वारा औपचारिक प्रस्ताव पेश

images

इच्छाकामना न्युज

१७, श्रावण २०७८
१३ औं संस्करणको साफ आयोजनाका लागि नेपालद्वारा औपचारिक प्रस्ताव पेश
images

काठमाण्डौ, १७ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्नका लागि औपचारिक रुपमा प्रस्ताव पेश गरेको छ । एन्फाले हिजो साफ च्याम्पियनसिप आयोजनाका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) मा प्रस्ताव पेश गरेको हो ।

एन्फाले विस्तृत योजना तयार गर्दै साफ आयोजनाका लागि प्रस्ताव पेश गरेको बताएको छ । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको हो ।

एन्फाले साफ आयोजनाको लागि कुल १० करोड रुपैयाँ खर्च हुने गरेको छ । जसमा सरकारले ५ करोड दिने निर्णय गरिसकेको छ । नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ ।

नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो । नेपालसँगै माल्दिभ्सले समेत साफ आयोजनाका लागि प्रस्ताव पेश गरेको छ । साफ च्याम्पियनसिप अक्टोबरको पहिलो हप्ता आयोजनाको तयारी गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - ०९:३६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology