Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतमा कोरोना सङ्क्रमण बढेको जिल्लामा कडाइ गर्न निर्देशन 

भारतमा कोरोना सङ्क्रमण बढेको जिल्लामा कडाइ गर्न निर्देशन 

images

एजेन्सी

१७, श्रावण २०७८
भारतमा कोरोना सङ्क्रमण बढेको जिल्लामा कडाइ गर्न निर्देशन 
images

भारत सरकारले कोरोना सङ्क्रमणको दर बढेको जिल्लामा कडाई गर्न निर्देशन दिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले कुल जनसङ्ख्याको १० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको जिल्लामा कडाई गर्न निर्देशन दिएको हो ।

कोरोना महामारीको दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित बनेको भारतमा तेस्रो लहरको जोखिम बढेको भन्दै कडाईका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न भारत सरकारले आग्रह गरेको छ ।

भारतमा पछिल्लो समय कोरोनाको डेल्टा भेरिएन्टले फेरि सङ्क्रमित थपिने दर बढ्दै गएको र मृत्युदर पनि ४ सयभन्दा बढी रहेकाले सरकारले कडाई गर्न भनेको हो । कोरोनाको तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यानमा राखी पूर्व तयारीमा जुट्न पनि भनेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - ०९:३३:२० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology