Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मेलम्चीमा पुनः बाढी आउदा रेडियो मेलम्चीको भवन ढल्यो, चनौटेको रातो पुल बगायो

मेलम्चीमा पुनः बाढी आउदा रेडियो मेलम्चीको भवन ढल्यो, चनौटेको रातो पुल बगायो

images

इच्छाकामना न्युज

१७, श्रावण २०७८
मेलम्चीमा पुनः बाढी आउदा रेडियो मेलम्चीको भवन ढल्यो, चनौटेको रातो पुल बगायो
images

देवराज सुवेदी, सिन्धुपाल्चोक, १७ साउन । गएरातिदेखि आएको बाढीले सिन्धुपाल्चोकको रेडियो मेलम्चीको भवन भत्काएको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गएराति १२ बजेर ४० मिनेटमा रेडियोको भवन भत्काएको जानकारी दिनुभयो ।

यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो भने सञ्चालन गरिएको थियो । अध्यक्ष भारतीका अनुसार रातिको बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन जिल्ला प्रशासन कार्यालयले  आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटिए क्षेत्रका बासिन्दालाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गएराति नै सतर्क हुन अनुरोध गर्नु भएको थियो ।खोलाबाट असार १ जतिकै आवाज आएको उहाँले बताउनुभयो । 

गएरातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीय हस्त पण्डितले दिनुभएको जानकारी अनुसार बिहान ७ बजेर ४५ मिनेटमा बाढीले पुल बगाएको हो । मेलम्ची७ र ८,पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पको रुपमा यो पुल रहेको थियो ।

पुल बगाएसँगै अब यो भेगमा सवारीसाधन आवबतजावत बन्द भएको छ ।ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ भने नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - ०९:१५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology