Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीमा शसस्त्र प्रहरीद्वारा ८० हजारको भन्सार छलीका सामान बरामद्, प्रनि ढुंगाना विदामा बसेपछि तस्कर सल्बलाए

सर्लाहीमा शसस्त्र प्रहरीद्वारा ८० हजारको भन्सार छलीका सामान बरामद्, प्रनि ढुंगाना विदामा बसेपछि तस्कर सल्बलाए

एसपी गौरब

१६, श्रावण २०७८
सर्लाहीमा शसस्त्र प्रहरीद्वारा ८० हजारको भन्सार छलीका सामान बरामद्, प्रनि ढुंगाना विदामा बसेपछि तस्कर सल्बलाए

सर्लाही, १६ साउन । सर्लाहीको इश्वरपुर नगरपालिका ७ बाट शसस्त्र प्रहरी बल सुरक्षा वेस सागरनाथले भन्सार छलीका सामानहरु बरामद् गरेको छ ।
 इश्वरपुर नगरपालिका ७ धनपती डाँडा (गणेशचोक)मा त्रिभुवननगरबाट बथलवास आउँदै गरेको ना ४ ख ५३९९ नम्बरको बसलाई शंका लागि चेकजाँच गर्दा कपडा,बच्चाहरुको खेलौना, र बच्चाहरुको कपडा गरी कुल रु ८० हजार बराबरको भन्सार छलीको सामान बरामद् भएको शसस्त्र प्रहरी बल सुरक्षा वेस सागरनाथले जनाएको छ ।

images

खुलला सिमानाको फाईदा उठाउँदै तस्करहरुले भन्सार छलीका सामानहरुबस,म्याजिक,अटो÷रिक्सा तथा मोटरसाईकलको प्रयोग गरि जिल्लाको बयलबास,लालबन्दी र हरिवनका बजार सम्म पुर्याउने गरेका छन् ।

ईलाका प्रहरी कार्यालय बयलवासमा प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगाना प्रमुख भएर आएपछि तस्करहरुको निद हराम भएको थियो । तर अहिले उहाँ विदामा रहेको समयमा फेरी तस्कहरु सल्बलाउन  थालेका छन् ।

रिता, सिता, विजय, राजेश, हुसेनी, रामपुकार, रामनरेश, भ्याल्लु, विनोद, कपिलदेव, सुरेश, उमेश, मनिष, प्रकाश र इन्दल लगायतका नाम गरेका तस्करहरुले भन्सार छलीका सामानहरु कपडा, चिनी, मलखाद्य, सुर्ती, राजनिवास, खेलौना, खाने तेल, किरानाका सामानहरु,चुरा तथा रेडबुल लगायतका सामानहरु ल्याउने गरेको पाइएको छ ।

प्रहरी कार्यालय नजिकैबाट भन्सार छलीका सामानहरु आईरहेको भएपनि प्रहरीको मौनताका कारण भन्सार छलीका सामानहरु ल्याउने तस्करहरुको मनोबल बढेको छ ।

images
प्रकाशित मिति :श्रावण १६, २०७८ शनिवार - २२:२३:५८ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology