तनहुँ, १६ साउन । एस ओ एस वालग्राम नेपालद्धारा व्यास नगरपालिका वडा नं १३ र १४ मा समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुर्याउने लक्ष्य अनुरुप गरिएको हो । परियोजनाका संयोजक अमृत पन्थीको संयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नं १४ का वडाध्यक्ष काजीमान श्रेष्ठ, १३ का वडाध्यक्ष लेख वहादुर राना, कार्यक्रम अधिकृत संजय अर्याल रहनुभएको थियो ।
कार्यक्रममा एस ओएस वालग्राम नेपाल गढडकी प्रदेश मार्फत संचालित कार्यक्रममा वडा नं १३ र १४ भित्र रहेको ३ वटा सामुदायिक विद्यालयका लागी प्राथमिक स्वास्थ्य उपचार समाग्री, शैक्षिक समाग्री, नेपालको नक्सा, भलिवल, नेट, फलाईङ्ग डिस्क, एलईडी टिभी, डस्टविन, विज्ञान समाग्री, कार्पेट, स्यानिटाईजर, मास्क, थर्मल गन लगायतका समाग्रीहरु वितरण गरिएको थियो । यसैगरि प्राथमिक विद्यालयका लागी टेलिभिजन सेट पनि वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी व्यास १४ काव वडाध्यक्ष काजीमान श्रेष्ठले परिवारीक सवलीकरण मार्फत समुदायमा प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने वताउनुभयो । स्वास्थ्य र शिक्षा जस्तो विषयमा एसओएस वालग्रामको सहयोग अत्यन्त सकारात्मक छ, जसले समाजको वातावरण सकारात्मक वनाउन भुमिका खेल्दछ, वडाध्यक्ष श्रेष्ठले वताए ।
लेखा प्रमुख भरत पौडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, जनप्रतिनिधीहरु, वडा भरका सामुदायिक तथा माध्यामिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो । एसओएसले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धिमा गरेको सहयोगले विद्यार्थीलाई रचनात्मक तथा शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने केशवटार माविका प्रधानाध्यापक दुर्गा वहादुर आलेले वताउनुभयो ।