हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिएसँगै यसपाली पनि नयाँ नयाँ तिजगीत सार्वजनिक हुने क्रममा बढेको छ। यसैक्रममा चिरपरिचित लोकगायक गोविन्द रिजालको स्वरमा नयाँ तिजगीत ‘तिमी यसै राम्री छौं...’ सार्वजनिक भएको छ।
आज बिहान सार्वजनिक भएको गीतमा पुरुष स्वरमा गायक रिजाल र महिला स्वरमा चर्चित भिडियो निर्देशक समेत रहेका स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गायका छन्। गुरुआमा फिल्मस्को आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा गोर्खाली सर्जक रमेश परियारको शब्द र संगीत रहेको छ।
यस्तै गुरुआमा फिल्मस् प्रा.लि. निर्माण गरेको म्युजिक भिडियोमा निर्देशन र कोरियोग्राफि स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेका छन् भने गीतको भिडियोमा रामजी खाँड र सोनीया अछामीले अभिनय गरेका छन्।