Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

२४ घन्टामा विश्वभर झन्डै १० हजारको कोरोनाका कारण मृत्यु 

२४ घन्टामा विश्वभर झन्डै १० हजारको कोरोनाका कारण मृत्यु 

images

एजेन्सी

१६, श्रावण २०७८
२४ घन्टामा विश्वभर झन्डै १० हजारको कोरोनाका कारण मृत्यु 
images

विश्वभर कोरोना सङ्क्रमित थपिने दर फेरि उकालो लाग्न थालेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ६ लाख ४१ हजार ८ सय ८३ नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १९ करोड ७९ लाख ६६ हजार ६ सय ४० पुगेको छ । २४ घन्टामा थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा मात्रै गत २४ घन्टामा ९९ हजार ४ सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यस्तै भारतमा ४१ हजार ४ सय ९९, इन्डोनेशियामा ४१ हजार १ सय ६८, ब्राजिलमा ४० हजार ९ सय ४, बेलायतमा २९ हजार ६ सय २२, फ्रान्समा २४ हजार ३ सय ९, स्पेनमा २४ हजार ७ सय ५३, इरानमा २४ हजार ७ सय १५ र रुसमा २३ हजार ५ सय ६४ जना रहेका छन् ।

यस्तै गत २४ घन्टामा विश्वभर ९ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण गत २४ घन्टामा सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ७ सय ५९, ब्राजिलमा ८ सय ८६, रुसमा ७ सय ९४, भारतमा ५ सय ९८, अर्जेन्टिनामा ४ सय७३, कोलम्बियामा ३ सय ६ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख २३ हजार ४ सय ७७ पुगेको छ । 

images
प्रकाशित मिति :श्रावण १६, २०७८ शनिवार - ०९:३०:०४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology