Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

दार्चुला प्रशासनद्वारा भारतीय समकक्षीसँग पत्राचार 

दार्चुला प्रशासनद्वारा भारतीय समकक्षीसँग पत्राचार 

images

इच्छाकामना न्युज

१६, श्रावण २०७८
दार्चुला प्रशासनद्वारा भारतीय समकक्षीसँग पत्राचार 
images

सन्तोष कोट्टारी, दार्चुला, १६ साउन । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ राप्लाको मालमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिदाँ खसेर महाकाली नदीमा वेपत्ता भएका एक नेपालीको बारेमा दार्चुला प्रशासनले चासो व्यक्त गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाधिकारीलाई गम्भीर ध्यानाकर्षण भएको भन्दै पत्राचार गरेको छ ।

घटनाबारे छानविन गरी आवश्यक कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीले भारतको पिथौरागढ जिल्लाका समकक्षी आनन्द स्वरुपलाई पत्राचार गरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले सीआईएनसँग बताउनुभयो । वेपत्ता भएका व्यक्ति भने अझैँ भेटिएका छैनन् ।

ब्याँस गाउँपालिका वडा नम्बर २ मालका स्थानीय वर्ष अन्दाजी ३५ का जयसिंह धामी तुइन तरेर भारततिर जाने बेलामा हिजो भारतीय सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिँदा ताक्लोसहित महाकाली नदीमा खसेको प्रत्यक्षदर्शी बिक्रम रोङकलीलेबताउनुभयो । धामी तुइन तर्ने बेला प्रत्यक्षदर्शीहरु बिक्रम रोङकली, अनिता धामी र कल्यान सिंह धामी नेपालतिर थिए ।

ओर्लिन एक दुई पाइला मात्रै बाँकी रहँदा त्यहाँ पुगेका दुई जना एसएसबीका जवानले तुइन काटिदिएको प्रत्यक्षदर्शीको भनाइ छ । धामी महाकाली नदीमा वेपत्ता भएसंगै दुबै जना एसएसबीका जवान घट्नास्थलबाट भागेको प्रत्यक्षदर्शीको भनाइ छ ।

कोही खाद्यान्न ल्याउन भारत जाने र कोही सदरमुकाम खलङ्गा आउने कामले तुइन तरेर भारतको बाटो प्रयोग गर्ने गरेका छन् । ५÷६ जना तुईन तरेर पारि पुगिसकेका थिए ।धामी महाकाली नदीमा वेपत्ता भएको एकिन भएपनि घट्ना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

नेपालतिरको माल र भारतको गस्कु क्षेत्रमा यसअघि नै झोलुङ्गे पुल निर्माणको ठेक्का भई निर्माण कार्य सुरु भएपनि हालसम्म पुल निर्माण हुन नसक्दा तुइनको जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय शिक्षक हरकसिंह कार्कीको गुनासो छ । 

images
प्रकाशित मिति :श्रावण १६, २०७८ शनिवार - ०९:२२:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology