Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीको लालबन्दी ६ मा स्थानिय र प्रहरी वीच झडप,  ४ जना पक्राउ

सर्लाहीको लालबन्दी ६ मा स्थानिय र प्रहरी वीच झडप,  ४ जना पक्राउ

एसपी गौरब

१५, श्रावण २०७८
सर्लाहीको लालबन्दी ६ मा स्थानिय र प्रहरी वीच झडप,  ४ जना पक्राउ

सर्लाही, १५ साउन । सर्लाहीको लालबन्दीमा स्थानिय र प्रहरी विच झडप भएको छ । लालबन्दीको मोडल अस्पतालले  टिटि सुई लगाउन गएका एक स्थानियलाई रेविजको सुई लगाई दिएको विषयमा अस्पताल सञ्चालकसंग सामान्य मनमुटाव भएपछि स्थानिय आक्रोसित भएका थिए । 

images

आक्रोसित स्थानियले अस्पतालका डाक्टरसंग बसेर छलफल गर्न पाउनु पर्ने माग गर्दै सुरु गरेको शान्तीपुर्ण नारा जुलुसमा प्रहरीले आक्रमणको प्रयास गरेपछि स्थानिय र प्रहरी विच झडप भएको हो । 

लालबन्दी नगरपालिका ६ जनवादी चोकबाट शुरु भएको शान्ती पुर्ण नारा जुलुसमा प्रहरीले आफैँले ढुंगा हान्न सुरु गरेपछि स्थानिय थप आक्रोसित भएका र प्रहरीमाथी ढुंगा हान्न थालेका स्थानियले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय लालबन्दी र हरिवनको टोलीले स्थानियमाथी चार राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि भिड तितरबितर भएको छ । मोडेल अस्पतालमा टिटि सुई लगाउन आएका एक बिरामीलाई रेवीजको सुई लगाई दिएपछि स्थानीयले चिकित्सकमाथि आक्रमणको प्रयास गरेका थिए । 

स्थानियले प्रहरीको आक्रमण पछि करिब १ घण्टा पुर्व पश्चीम लोकमार्ग समेत  अवरुद्ध गर्दै प्रहरीको विरुद्धमा नारा जुलुस गरेका थिए । प्रहरीको बल प्रयोग गरेर स्थानिय ४ जनालाई नियन्त्रणमा लिएको छ । झडपमा कोही पनि घाइते नभएका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :श्रावण १५, २०७८ शुक्रवार - २१:५३:२८ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology