Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामनामा शिक्षकहरुद्धारा विभिन्न माग राख्दै रिले अनसन

इच्छाकामनामा शिक्षकहरुद्धारा विभिन्न माग राख्दै रिले अनसन

images

इच्छाकामना न्युज

१५, श्रावण २०७८
इच्छाकामनामा शिक्षकहरुद्धारा विभिन्न माग राख्दै रिले अनसन
images

इच्छाकामना, १५ श्रावण ।
चितवनको इच्छाकमनाका शिक्षकहरु विभिन्न मागहरु राख्दै रिले अनसनमा बसेका छन् । आज शुक्रबार नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विभिन्न ३४ बुँदे मागहरु राखेर  गाउँपालिकाको कार्यालय अगाडी शान्तिपूर्ण रिले अनसन बसेका हुन् । शिक्षकहरुका पेशागत हकहित र अधिकारसंगै बिगतमा सरकारसंग भएका सम्झौताहरु कार्यान्वयन र पारित गराउन दबाब स्वरुप आन्दोलन अगाडि बढाउन लागिएको शिक्षकहरुको भनाइ छ । अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मुल नाराका साथ सामुहिक तवरले  शिक्षकहरुले रिले अनसनद्वारा धर्ना दिएका छन ।
बैशाख २० गते देखि सामाजिक सञ्जाल मार्फत विभिन्न चरण बद्ध आन्दोलन गर्दे आएको महासंङ्घले चौथो चरणको आन्दोलन अन्र्तगत आज साउन १५ गते देशभरका स्थानीय तहमा रिले अनशन बस्दै कार्यक्रम अनुसार चितवनको इच्छाकामनाका शिक्षकहरु रिले अनसनमा बसेका हुन् ।

महासंघको ३४ सुत्रिय मागमा मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत छन् ।

images
प्रकाशित मिति :श्रावण १५, २०७८ शुक्रवार - १९:२९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology